FAQs Complain Problems

गाईघाट वजार रात्रीकालिन समय

Read More

संछिप्त परिचय

नेपालको विभिन्न कालखण्डमा अस्तित्वमा आएका शासकीय प्रणालीमध्ये वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाले अबलम्बन गरेको विकेन्द्रिकरण र स्थानीय स्वायत्त शासनको जगको रुपमा विकास गरिएका स्थानीय निकायहरु मध्ये त्रियुगा नगरपालिका पनि एक हो । जनताको नजिकको राजनीतिक संरचनाको रुपमा विकास गरिएका तत्कालीन स्थानीय निकायहरु शासनमा जनसहभागिता, अपनत्वबोध र जनस्वामित्व स्थापित गरी प्रजातान्त्रिक साझेदारीको मोडलमा विकास गरिएको थियो । संवैधानिक राजतन्त्र र एकात्मक व्यवस्थालाई अन्त्य गर्दै स्थापित गणतन्त्र नेपालमा संघीयताको पदार्पण भएसंगै विगतका स्थानीय निकायहरुको स्वरुपमा आमूल परिवर्तन भयो । 

वि.सं. २०७२ को नेपालको संविधानले तीन तहको शासकीय प्रबन्ध व्यवस्था गरेको छ । जस अनुरुप विगतका स्थानीय निकायहरुलाई सरकारको

हैसियत प्रदान गरेको छ । नेपालको संविधानको धारा ५६ को उपधारा (१),(२),(४),र (६) बमोजिम निर्धारित नेपालको शासकीय संरचना अनुरुप उदयपुर जिल्लाका आठ स्थानीय तह मध्येको एक त्रियुगा नगरपालिका १६ वडाहरुमा संरचित छ । नेपालको संविधानको अनुसूची ८ र ९ ले तोकेको स्थानीय तहको एकल तथा साझा अधिकार क्षेत्र भित्र सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको जगमा स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य संवैधानिक अधिकार बमोजिम स्थानीय तहको शासकीय प्रबन्धको सामान्य निर्देशन, नियन्त्रण र संचालन त्रियुगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले गर्दछ ।

नेपालको संविधान अनुसार स्थानीय तहको कार्यपालिकीय, व्यवस्थापिकीय, न्यायिक तथा आर्थिक अधिकार समेत स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य प्रचलित कानून बमोजिम नगरपालिकावाट कार्यान्वयन हुने गर्दछ । यस नगरको कार्य विभाजन नियमावली बमोजिम यस नगर कार्यपालिकालाई प्राप्त अधिकार नगर प्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत र निज मार्फत विषयगत शाखा, पदाधिकारी र वडा कार्यालयहरुबाट सम्पादन गर्ने गरिएको छ ।

त्रियुगा नगरपालिकाको भौगोलिक अवस्थिति

सगरमाथा अंचल उदयपुर जिल्ला २६.४१'१७" उतरी अक्षाश देखि २६.५६'४२'' उत्तरी अक्षांशसम्म र ८६.३२'११.५" पुर्बी देशान्तर देखि ८६.५०'२९'' पुर्बी देशान्तर सम्म मा अबस्तित साबिकका त्रियुगा नगरपालिका, जाल्पा चिलाउने, खाबू, साउने तथा जोगीदह गाविसहरु एक आपसमा मिलाएर नया नगरपालिकाको रुपमा त्रियुगा नगरपालिका कायम गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिक त्रि न पा तथा आसपासका गा बि स ( भित्रि मधेस ) तथा पहाडी भू भाग समेतमा रहेको ) लाइ सम्मिलन गराई सदरमुकाममा रहेको यस क्षेत्रलाइ नगरपालिका बनाइएको छ | जिल्लाको मुख्य ब्यापारिक नाका तथा तराई र पहाडी भूभाग लाइ जोड्ने केन्द्रको रूपमा रहेको यस क्षेत्रलाइ जिल्ला सदरमुकामको नगरपालिकाको रुपमा प्रस्ताब गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिकको त्रियुगा नगरपालिकामा आसपासका गा बि स हरु समेत गाभी अझ बृहत क्षेत्र ओगटेको समक्ष नया त्रियुगा नगरपालिकाको रुपमा कायम गरिएको छ |

आक्षाश् : २६.४१'१७" उतरी अक्षाश देखि २६.५६'४२'' उत्तरी अक्षांशसम्म

देशान्तर :  ८६.३२'११.५" पुर्बी देशान्तर देखि ८६.५०'२९'' पुर्बी देशान्तर सम्म 

सिमाना : पूर्व : चौदण्डीगाडी न पा 

             उत्तर: रौतामाइ गा पा र खोटांग जिल्ला 

              पश्चिम : उदयपुर गढी गा प र सप्तरी जिल्ला 

              दक्षिण : सप्तरी जिल्ला 

क्षेत्रफ़ल : ५४७.४३ वर्ग कि मि 

भौगोलिक बिभाजन : चुरे, भित्रि मधेश , पहाड 

केन्द्र : गाईघाट बजार 

वडा संख्या : १६

 

पदाधिकारी

श्री बसन्त कुमार बस्नेत

नगर प्रमुख
mayor.triyuga@gmail.com
9852830437

श्री महेश्वरी राई

उप– प्रमुख
deputymayortriyuga@gmail.com
9842838178

कर्मचारी

श्री कुमार प्रसाद कोइराला

प्रमुख प्रशासकीय अधिकृत
cao.triyugamun@gmail.com
9852838111

विष्णु खत्री

सूचना अधिकारी
suchanaadhikari@triyugamun.gov.np
9852829049

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पन्जिकरण शाखा प्रमुख
सेवा दिने कार्यालयः- त्रियुगा नगरपालिका
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निबेदन

उमेर खुलेकोप्रमाणपत्रको प्रतिलिपि

एकल महिला खुलेको प्रमाणपत्र

अपांगता प्रमाणित पत्रको प्रतिलिपि

सम्बन्धितवडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- रोगको अवस्था अनुसार
जिम्मेवार अधिकारीः- पशु विकास अधिकृत
सेवा दिने कार्यालयः- पशुपंछी विकास शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

पशुलाई सम्बन्धित  सेवाकेन्द्रमा ल्याउनुपर्ने

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- त्रियुगा नगरपालिका
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदक नागरिकताको प्रतिलिपि

जग्गा धनीको नागरिकताको प्रतिलिपि

व्यवसायको नाम तथा गरिने कारोबारको विवरण

संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि

आवश्यकता अनुसारस्थायी लेखा नं.(भ्याट /प्यान नं.)

सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि

ठुलो व्यवसायको हकमा वडाको सिफारिस तथा वातावरण प्रभाव मुल्यांकन प्रतिबेदन

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गा मुल्यांकन गरि १००० को १ को दर ले शुल्क (०.००१ % को दर ले )
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निबेदन पत्र 

२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि 

३) जग्गा को आसपासको चलन चल्ती को मूल्य प्र्क्षेपन |

४) हाल शाल आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का 

५) चालु आ ब सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कार तिरेको रसिद कार निर्धारण स्विकृत भएको कागजात 

६) नक्शा 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन वा अध्ययन समयाबधि पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २६०
आवश्यक कागजातहरुः-

१) जग्गा धनि पुर्जा 

२) निबेदन 

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन वा अध्ययन समयाबधि पश्चात
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म नि शुल्क त्यस पश्चात रु ५०
आवश्यक कागजातहरुः-

१) अदालतको फैशला

२) श्रीमान र श्रीमती  दुबैको नागरिकता 

३) Optional : बिबाह दर्ताको प्रतिलिपि 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन / सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति कित्ता रु २६० थप प्रति कित्ता रु १००
आवश्यक कागजातहरुः-

१) नागरिकताको प्रतिलिपि

२) सम्पति कर तिरेको रसिद , नक्शा

३) निबेदन , चारकिल्ला खुलेको कागजात 

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नि शुल्क त्यस पश्चात रु ५०
आवश्यक कागजातहरुः-

१) सुचकको नागरिकताको प्रमाणपत्र 

२) अन्य परिवारको सदस्यहरुको नागरिकता प्रमाणपत्र 

३) नागरिकता प्रमाणपत्र नबनेको भएमा व्यक्तिगत घटना दर्ताका कागजातहरु 

Pages

जानकारी