FAQs Complain Problems

त्रियुगा नगरपालिकाको अत्यन्त जरुरी सूचना

त्रियुगा नगरपालिका क्षेत्र भित्रका सडकमा निर्माण सामाग्री अव्यवस्थीत रुपमा राख्‍ने ,घरपालुवा पशु सडकमा वाध्‍ने तथा छाडा छोड्ने , फोहर सडकमा जथाभावी फाल्‍ने तथा जलाउने जस्ता कार्यले नगरक्षेत्र दिन दिनै विरुप वन्दै गएकोमा त्रियुगा नगरपालिका र नगरवासी चिन्तित भएका छौ । जसको कारण सवारी दुर्घटना वृद्धि भई जनधनको क्षती भएको छ ।यस्ता प्रकारका कार्यमा संलग्‍न हुने सम्पुर्ण महानुभावहरुलाई यही २०७३ साल अशोज १५ गते भित्र सम्पुर्ण सामाग्री सो स्थानवाट हटाउन हुन तथा घरपालुवा जनावर छाडा नछोड्न सवैमा हार्दिक अनुरोध गर्दछौ । यदी यो सूचनालाई वेवास्ता गरी नहटाएमा नगरपालिकाको पहलमा सामाग्री हटाई नियमानुसार रु १५०००। सम्म जरिवाना गरिने व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।

त्रियुगा नगरपालिका गाईघाट