FAQs Complain Problems

वडा नं १५ नगर कै पहिलो बालमैत्री वडा घोषणा

त्रियुगा नगरपालिका वडा न.१५ खांबु नगरपालीकाकौ पहिलो बाल मैत्री वडा घोषणा भएको छ । नेपाली कांग्रेसका सांसद हिमाल कार्कीको प्रमुख आथित्यता तथा त्रियुगा नगरपालिकाका प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष लगाएतका सरोकारवाला संघ सस्था सञ्चारकर्मि पत्रकार र वडा बासिहरुको उपस्थितिमा वडालाइ यही असोज १४ गते वडालाइ बाल मैत्री वडा घोषणा गरीएको हो ।

जनता मा बि रानिबासको प्राङ्गणमा सम्पन्न भएको उत्त घोषणा कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले उदयपुरको दोस्रो तथा त्रियुगा नगरपालिका १५ नम्बर वडाले बाल अधिकारीको चार वटै सिद्धान्त पुरा गरेर पहिलो बाल मैत्री वडा घोषणा गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

यस्तै भौतिक पुर्बाधारको निमित्त पर्याप्त भएकोले बिज्ञान भवन रानिबासमा निर्माणका लागि पहल भइरहेको बताउनु भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेब चौधरीले पहिलो बाल मैत्री वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै उक्त वडा लाई सम्मान स्वरुप दुई लाख रकम दिने बताउनुभएको छ ।

यस्तै अन्य वडाले पनि चाडैनै बाल मैत्री वडा बनाउन लागि पर्ने बताएका छन् । उक्त कार्यक्रम त्रियुगा नगरपालिकाको आयोजना र जाल्पा एकिकृत बिकास समाज र वल्ड भिजन ईन्टरनेशनलको सहयोगमा सम्पन्न भएको हो।

 

 

साभार : www.purbelidarpan.com