FAQs Complain Problems

वडा कार्यालय संचालन हुने सम्बन्धि सूचना

त्रियुगा नगरपालिकाबाट हुने निम्न सेवाहरु मिति २०७३/१२/१३ गते देखि सम्बन्धित वडा कार्यालयबाट नै संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना जारि गरिन्छ |

(१) नाता प्रमाणित,
(२) नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश,
(३) बहाल करको लेखाजोखा सिफारिश,
(४) कोठा खोल्न रोहबरमा बस्ने,
(५) मोही लगत कट्टा सिफारिश,
(६) घर जग्गा करको लेखाजोखा सिफारिश,
(७) जन्म मिति प्रमाणित,
(८) व्यापार ब्यवसाय बन्द भएको, वा सञ्चालन नभएको वा ब्यापार ब्यवसाय हदै नभएको सिफारिश,
(९) मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश,
(१०) विवाह प्रमाणित, अविवाहित प्रमाणित
(११) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश,
(१२) आफ्नो अधिकारक्षेत्रका बिषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित,
(१३) घर पाताल प्रमाणित,
(१४) ब्यक्तिगत विवरण प्रमाणित,
(१५) पुर्जामा घरकायम गर्ने सिफारिश,
(१६) फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित÷ दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारीश,
(१७) नाम, थर,जन्म मितिसंसोधनको सिफारिश,
(१८) जग्गा धनीपुर्जा हराएको सिफारिश
(१९) कागज र मन्जुरीनामा प्रमाणित,
(२०) कित्ताकाट सिफारिश,
(२१) संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश,
(२२) जीवितसँगको नाता प्रमाणित,
(२३) हकवाला वा हकदार प्रमाणित,
(२४) नामसारी सिफारिश,
(२५) जग्गाको हक सम्वन्धी सिफारिश (सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक)
(२६) मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश,
(२७) उद्योग ठाउँसारी सिफारिश,
(२८) जीवित रहेको सिफारिश,
(२९) पुर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश र अनुमति
(३०) जग्गा मूल्यांकन सिफारिश प्रमाणित
(३१) विद्यालयको कक्षा बृद्धि सिफारिश
(३२) पालन पोषण सिफारिश,
(३३) वैवाहिक अंगिकृत नागरिकता सिफारिश,
(३४) आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित÷आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित,
(३५) विद्यालय ठाउँसारी सिफारिश,
(३६) धारा तथा बिद्युत जडान सिफारिश,
(३७) प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित ।
(३८) गाउँपालिका वा नगरपालिकाले तोकि दिएका अन्य कार्य गर्ने ।