FAQs Complain Problems

" मेरो गोर्खे खुकुरी , मेरो पुर्खे टोपी "

" कति किन्ने भुमि मास्ने सत्रु ,पैसा गनी गनी 

जति रोपे अन्न अनाज, फल्दैन भुमि खने पनि " 

प्रयोग मा ल्याई सकिएका प्लास्टिक का बोत्तल हरु लाइ सदुपयोग गर्दै कोठा कार्यालय सजाउने सुन्दर गमला बनाएर नया अबधारणा अगाडी ल्याएका श्री राजकुमार घिमिरे 3R [ Reduce, Reuse, Recycle ] को धारणालाइ प्रयोग मा ल्याउन सकिने बताएका छन् | उनले यही कुरा प्रस्ट पार्दै केहि थान हरियो, सुन्दर बिरुवा सहित का गमला त्रि न पा को कार्यालय लाइ बुझाएका छन् | बि सं २०७४ साउन / भदौ बाट कार्य सुभारम्भ गरेका उनलाई स्थानीय युवा हरु ले सहयोग गरि रहेको छ | यस कार्य लाई निरन्तर रुप मा अगाडी बढाउने सके प्रदुसन बढाइ रहेको प्लास्टिक जन्य बोत्तल हरु लाई गमला बनाइ राम्रो उपयोग गर्न सकिने र लागुपदार्थ दुर्ब्यसैनी मा फसेर, बरालिएर हिड्ने युवा हरु लाइ रोजगार सिर्जना गर्न सकिने घिमिरे बताउनु हुन्छ |

गित संगीत मा पनि रुची राख्ने घिमिरे कुनै पनि कार्य को थालनी अरुले गर्लान भनेर पर्खुनु भन्दा सुरुवात आफै बाट गर्नु पर्ने बताउनु हुन्छ | निकै वर्ष नेपाल बाहिर बिदेसिएका घिमिरे अब नेपाल मै बसी यही कार्य लाइ अगाडी बढाई यसै लाई निरन्तरता दिने भन्नु हुन्छ |

""गर्दा नहुने के छ र यहा , त्यसैले  गर्नु पर्छ 

यो देश मा केहि गर्नु छ भने देश प्रेमी हुनु पर्छ 

सोचेर मात्र केहि हुन्न येहा, सोच बदल्नु पर्छ 

गर्दा न हुने क छ र यहा , आफै ले गर्नु पर्छ ।। ""