FAQs Complain Problems

दक्षिण कोरिया का राजदूत पार्क - योङ्ग सिक संग अन्तरक्रिया तथा भेटघाट मा त्रियुगा नगरपालिका

मिति २०७५।०२।२३  गते का दिन उदयपुर को समग्र बिकाश को हेतु ले त्रियुगा नगरपालिका को आयोजना मा दक्षिण  कोरिया का महा महीम राजदूत पार्क - योङ्ग सिक संग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरिएको छ । सो कार्यक्रम मा बोल्दै राजदूत सिक ले नेपाल र कोरिया बीच को सम्बन्ध भए पश्चात नेपाल मा थुप्रै ठुल ठुला लगानी गरि सकेको र निकट भबिस्य मा अझैँ गर्दै जाने कुरा ब्यक्त गरेका थिए ।डा  नारायण खड्का को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम मा त्रियुगा नगर पालिका का नगर प्रमुख श्री बलदेव चौधरी, उप प्रमुख देबी कुमारी चौधरी, चौदण्डी गाडी नगरपालिका का प्रमुख श्री शेर धन राइ , उप प्रमुख श्री  रिता चौधरी , विभिन्न संघ संस्था का प्रतिनिधि , पत्रकार लगायत सम्पूर्ण सरोकारवाला हरु को उपस्थिति रहेको थियो ।

राजदूत सिक ले मुख्यत उदयपुर को  विकास मा कोरिया को सहयोग हुने र त्येसका लागि उदयपुर मा लगानी को बाताबरण मिलाउन आग्रह गरेका थिए ।